घट्यो इन्धनको मुल्य, पेट्रोल १६३ रुपैयाँ रुपैयाँ पर्ने

Oil nigam

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेलरमट्टितेलमा ४र४ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो ।

नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक सय ५० रुपैयाँ र एक सय ५१ रुपैयाँ कायम भएको छ ।

इण्डियन आयल कर्पोरेसशनबाट शनिबार प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...