सहिदभुमीको एकीकृत घुम्ती शिविरमा ७४९ घरधुरीले लिए सेवा

Sahidvumi shir

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर अन्तरगत ७ सय ४९ घरधुरीले सेवा लिएका छन् । फागुन २० देखि २६ गतेसम्म पालिकाको ७ वटै वडामा सञ्चालन गरेको शिविरमा ७ सय ४९ घरधुरी किसानले सेवा लिएका छन् ।

सहिदभुमी गाउँपालिकाका पशु शाखा प्रमुख नगेन्द्र पौडेलका अनुसार एकहप्ता लामो सो शिविरमा ११ सय २७ वटा गाईगोरु स्वास्स्य परिक्षण गरी औषधी तिवरण गरिएको छ । त्यसैगरी २१४ वटा भैसी, ५ हजार ७१५ वटा बाख्रा र ८५० वटा बंगुरको जाँच गरी महामारीजन्य रोग रोकथामका औषधीहरु वितरण गरिएको छ ।

त्यसैगरी ८ हजार ९५६ वटा कुखुरा, १५ वटा हाँस र ३० वटा परेवालाई पशुपंन्क्षीमा लाग्ने महामारीजन्य रोग नियन्त्रण तथा रोगथामका लागि आवश्यक पर्ने औषधी वितरण गरिएको छ । पशु शाखा प्रमुख नगेन्द्र पौडेलका अनुसार शिविर अवधीभर ११० वटा कुकुरलाई रेविज विरुद्धको खोप पनि लगाइएको छ भने ६ वटा विरालोको समेत उपचार गरिएको छ ।

सहिदभुमी गाउँपालिकाका प्रमुख मनोजकुमार राईले पशुपंन्क्षीमा लाग्ने महामारीजन्य रोग नियन्त्रण तथा रोगथामका लागि आवश्यक पर्ने औषधी वितरण गरेर उद्घाटन गरेको सो शिवरमा ७ सय ८१ जनाको स्वास्थ्य जांच तथा औषधि वितरण गरिएको स्वास्थ शाखा प्रमुख फकिर महोमत्तले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सौगात तामाङको अध्यक्षतामा एमाले धनकुटा १ को वडा कमिटी गठन

Uml 1 dkt

धनकुटा । नेकपा एमाले धनकुटा नगरपालिका वडा नं. १ वडा कमिटीको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । ...