पत्रकार हरीबहादर लम्जेल सम्मानित

Hari lamjel samman

धनकुटा । धनकुटामा रहेर लामो समयदेखि पत्रकारीता गर्दै आएका पत्रकार हरिबहादुर लम्जेल सम्मानित भएका छन् ।

धनकुटाको साँगुरीगढी गाउँपालिकाले साँगुरीगढी गाउँपालिकाको विकास र समृद्धिका लागि पत्रकारीताको माध्यमबाट दिएको यागदानको कदर गर्दै २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

अन्नपूर्ण पोष्टमा धनकुटाबाट समाचार सम्प्रेषण गर्दै आएका लम्जेलले साँगुरीगढी गाउँपालिकाभित्रका समाचारहरु सम्प्रेषण गरेको भन्दै आज नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । उनलाई जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ र गाउँपालिका अध्यक्ष जितेन्द्र राईले संयुक्त रुपमा सम्मान गरे ।

पत्रकार लम्जेल १७ वर्षदेखि पत्रकारीता क्षेत्रमा क्रियाशील छन् । उनी अहिले नेपाल पत्रकार महासंघ धनकुटाको सचिवसमेत छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको सहिदभुमीमा एकीकृत घुम्ती शिविरमा वडाबासीको घुइँचो

Sahidvumi ghumti shibir

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले एकीकृत घुम्ती शिविरलाई तीव्र बनाएको छ । सो शिविरमा वडावास...