साप्तिङटारमा सम्पन्न भयो एकीकृत घुम्ती शिविर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. ७ साप्तिङटारमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।
सो शिविरको सहिदभुमी गाउँपालिकाका अध्यक्ष मनोज कुमार राईले पशुपंन्क्षीमा लाग्ने महामारीजन्य रोग नियन्त्रण तथा रोगथामका लागि आवश्यक पर्ने औषधी वितरण गरेर उद्घाटन गरे । सो शिविरमा गाउँपालिकाका उपाध्यक्ष रत्नेश्वरी राई, वडा नं. ७ का वडाध्यक्ष बमबहादुर राई, पशु शाखा प्रमुख नगेन्द्र पौडेल, स्वास्थ शाखा प्रमुख फकिर महोमद लगायतको सहभागिता रहेको थियो ।
सो शिविरमा १११ घरघुरी किसानले आफ्ना पशुपंक्षीको परिक्षण गराउनुका साथै औषधी उपचार गराएका छन् भने १५८ जना सेवाग्राहीले स्वास्थ्य जाँच गराएका छन् ।
सो शिविरमा २३१ वटा गाईगोरु, ६२ वटा भैसी, १३७५ वटा बाख्रा, २७७५ वटा कुखुरा र ६८ वटा बंगुरको जाँच गरी महामारी जन्य औधषीहरु वितरण गरिएको थियो । पशु शाखा प्रमुख नगेन्द्र पौडेलका अनुसार आजको शिविरमा २ वटा कुकुरलाई रेविज विरुद्धको खोप पनि लगाइएको छ ।
सो शिविरमा १५८ जना सेवाग्राहीले स्वास्थ्य जाच गराएका छन् । जसमध्ये ४६ जनाले इसिजी गराएका छन् भने ७१ जनाले आँखाको जाँच गराएका छन् । सो शिविरमा २६ जनाले कानको जाँच गराएका छन् भने ५६ जनाले ल्याव टेष्ट गराएका छन् । त्यसैगरी १६ जना महिलाले पाठेघरको मुखको क्यान्सरको जाँच गराएको र २ जनालाई अपांगता परिचय पत्रसमेत वितरण गरिएको अनमी वर्षा लिम्बुले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस