संगठन अभियान तीव्र रुपमा लाग्दै एमाले धनकुटा

धनकुटा । धनकुटाका ७ मध्ये ६ वटा पालिकाको अधिवेसन सम्पन्न गरेको नेकपा एमाले संगठन विस्तार अभियानमा तीव्र रुपमा लागेको छ ।
धनकुटाको महालक्ष्मीबाहेक सबै पालिकाको दोस्रो अधिवेसन एमालेले सकेको छ । त्यसलगत्तै जनसंगठनहरु र वडा तहको अधिवेसन तीव्र रुपमा गर्न थालेको छ । सोही क्रममा धनकुटा नगरपालिका वडा नं. ६ को वडा कमिटीको दोस्रो वडा अधिवेशन सम्पन्न गरेको छ ।
सो अधिवेसनले विष्णु पुलामी मगरलाई अध्यक्ष चयन गरेको छ भने उपाध्यक्षमा मानबहादुर पराजुली, सचिवमा फुलकुमारी राई, उपसचिवहरुमा निर्मला कार्की र रामप्रसाद धिताललाई चयन गरेको छ । वडा नं. ६ मा ३१ सदस्य वडा कमिटि सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
त्यसैगरी सहिदभुमी गाउँपालिका वडा नं. ३ मा पनि वडा अधिवेसन सम्पन्न गरेको छ । सो अधिवेसनले सुरेन्द्रकुमार राईलाई अध्यष चयन गरेको छ । सो वडा कमिटीमा उपध्यक्ष हरिप्रसाद राई, सचिवमा सन्तोषकुमार राई र उपसचिवहरुमा बलबहादुर राई र गौमाया राईलाई चयन गरेको छ ।
सहिदभुमी गाउँपालिकाकै वडा नं. घ मा सदीक्षा राईको अध्यक्षतामा १५ सदस्य अखिल नेपाल महिला संघ र प्रदिप राईको अध्यक्षतामा २९ सदस्य राष्ट्रिय युवा संघ गठन गरेको नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य सावित्रा राईले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस