सिलाई व्यवसायी राष्ट्रिय महिला उद्यमी भेला

News silai

धनकुटा । धनकुटामा सिलाई पेशामा क्रियाशील रहेका महिलाहरु संगठित भएका छन् ।

नेपाल कपडा तथा सिलाई व्यवसायी राष्ट्रिय महिला उद्यमी कोशी प्रदेशको आयोजनाको आयोजनामा धनकुटामा रहेका सिलाई पेशामा रहेका महिलाहरु संगठित भएका हुन् । सो भेलाले दुर्गा शिवालाई संयोजक चयन गरेको छ । जसको सचिवमा सुमिना राई र कोषाध्यक्षमा जानुका सुन्दास चयन भएका छन् । सो समितिमा उमा श्रेष्ठ, दिया लिम्बु, शान्ता राई, चन्द्र श्रेष्ठ, सुमना याख्खा, पुष्पा लिम्बु, प्रनिशा श्रेष्ठ, आरती पाँचकोटी, विन्दु लिम्बु, सरस्वती राई र रेखा मगर सदस्य रहेका छन् ।

धनकुटामा लक्ष्मी परियारको अध्यक्षतामा भएको सो भेलामा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ कोशी प्रदेशको अध्यक्ष तारा खनाल, लगायतको उपस्थिती थियो भने कोशी प्रदेशको सचिव सुमित्रा भट्टराईले कार्यक्रम संचालन गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...