आँखिसल्लाको थलथलेमा एकीकृत घुम्ती शिविर सम्पन्न

Aakhisalla shibir

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. ६ थालथलेमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।

सो शिविरको सहिदभुमी गाउँपालिकाका अध्यक्ष मनोज कुमार राईले पशुपंन्क्षीमा लाग्ने महामारीजन्य रोग नियन्त्रण तथा रोगथामका लागि आवश्यक पर्ने औषधी वितरण गरेर उद्घाटन गरे । सो शिविरमा वडा नं. ६ का अडाध्यक्ष हेमकुमार राई, वडा सचिव पदमप्रसाद दाहाल, पशु शाखा प्रमुख नगेन्द्र पौडेल, स्वास्थ शाखा प्रमुख फकिर महोमद लगायतको सहभागिता रहेको थियो ।

वडा कार्यालयमा भएको सो शिविरमा ५९ घरघुरी किसानले आफ्ना पशुपंक्षीको परिक्षण गराउनुका साथै औषधी उपचार गराएका छन् । १७० जना सेवाग्राहीले स्वास्थ्य जाँच गराएका छन् ।

सो शिविरमा ६४ वटा गाईगोरु, १८ वटा भैसी, १ हजार ९ वटा कुखुरा, ९१ वटा बंगुर र ५४४ वटा बाख्राको जाँच गरी महामारी जन्य औधषीहरु वितरण गरिएको थियो । पशु शाखा प्रमुख नगेन्द्र पौडेलका अनुसार आज ६ वटा कुकुरलाई रेविज विरुद्धको खोप पनि लगाइएको छ ।

सो शिविरमा १७० जना सेवाग्राहीले स्वास्थ्य जाच गराएकामध्ये ४७ जनाले इसिजी गराएका छन् । त्यस्तै ५६ जनाले आँखाको जाँच गराएका छन् भने ३१ जनाले कानको जाँच गराएका छन् । सो शिविरमा ४४ जनाले ल्याव टेष्ट गराएका छन् । त्यसैगरी ९ जना महिलाले पाठेघरको मुखको क्यान्सरको जाँच गराएको र १ जनालाई अपांगता परिचय पत्रसमेत वितरण गरिएको अनमी वर्षा लिम्बुले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...