नेपाल–भारत मैत्री संघ धनकुटा शाखाको मैत्री सभा सम्पन्न

Nepal varat news dkt

धनकुटा । नेपाल–भारत मैत्री संघ धनकुटा शाखाको सातौ मैत्री सभा धनकुटामा सम्पन्न भएको छ । शाखा सभापति खेमराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो सभाका नेपाल भारत मैत्री संघका केन्दिय उपादक्ष्य तथा कोशी प्रदेश अध्यक्ष ईश्वर श्रेष्ठले उद्घाटन गरे ।

उपाध्यक्ष श्रेष्ठले नेपाल–भारत सम्बन्ध, भारत सरकारले नेपाललाई प्रदान गर्दै आएको सहयोग, भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर पीडितहरूका लागि उपलब्ध रेडिएसन मेसिन भावाटोन द्वारा भइरहेको उपचार, तथा नेपालमा प्राप्त अन्य सहायता जस्तै धनकुटा जिल्लामा विद्यालय बस, एम्बुलेन्स, भवन निर्माणकामा भारतले सहयोग गरिरहेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य नवनिर्वाचित सभापति महेश प्रसाद श्रेष्ठले राख्नुभएको थियो। सभाले महेश प्रसाद श्रेष्ठलाई सर्वसम्मत रूपमा शाखा सभापतिमा निर्वाचित गरेको छ । सो सभाले १२ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...