पाख्रिबासमा पूर्वजनप्रतिनिधि र जेष्ठ नागरिकलाई सम्मान

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिकाले जनप्रतिनिधिसहित ३२ जना महिलालाई सम्मान गरेको छ भने वडा नं. ८ पूर्व जनप्रतिनिधिसहित ७५ जनालाई सम्मान गरेको छ ।
धनकुटाको पाख्रिवास नगरपालिकाले जनप्रतिनिधिसहित ३२ जना महिलालाई सम्मान गरेको छ । पाख्रिवास नगरपालिकाले जिल्ला समन्वय समितिका पूर्व सदस्य आयुष्मा गहतराज, पाख्रिबास नगरपालिकाका निवर्तमान उपप्रमुख देवकला तितिल्सिना, कार्यपालिका पूर्व सदस्यहरुमा अरुणा राई, लक्ष्मी तामाङ लगायत वडा सदस्यहरुलाई सम्मान गरेको छ । यसमा ८ जना दलित जनप्रतिनिधि रहेका छन् ।
सो अवसरमा १२ वटा प्राथमिक र २ वटा आधारभुत विद्यालयका महिला प्रधानाध्यापकहरुलाई पनि सम्मान गरिएको वडा नं. ९ का वडाध्यक्ष एवम् सामाजिक विकास समितिको संयोजक प्रमुख सम्झना आलेले जानकारी दिइन् ।
सो कार्यक्रममा पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, उपप्रमुख नम्रता देउजा, वडा नं. ७ का वडा अध्यक्ष देवेन्द्र तामाङ लगायतको सहभागीता रहेको थियो ।
यता, धनकुटाको पाख्रिबास नगरपालिका वडा नं. ८ ले पूर्व जनप्रतिनिधिसहित ७५ जनालाई सम्मान गरेको छ । वडा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अनुसार साविकको मुगा गाविस हुँदाका जनप्रतिनिधिहरु, जेष्ठ नागरिक, वडाभित्र रहेका विद्यालयका प्रधानाध्यापकहरु र किसानहरुलाई आज एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
वडा कार्यालयले ९ जना पूर्व जनप्रतिनिधिहरु, २३ जना जेष्ठ नागरिकहरु, २५ जना उत्कृष्ठ किसान लगायत समाजसेवी गरी ७५ जनालाई सम्मान गरेको हो । उनीहरुलाई पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सम्मानित सबैलाई करुवासमेत प्रदान गरिएको थियो ।
साविकको मुगा गाविसका पूर्व उपाध्यक्ष प्रनन्द कुमार राईको सभापतित्वमा भएको सो कार्यक्रममा वडा अध्यक्ष गजेन्द्र राई, वडा सदस्यहरु हेम गिरी, गंगादेव राई लगायत वडावासीको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस