अखिल (क्रान्तिकारी)काे केन्द्रीय सचिवमा शाहीकाे उम्मेदवारी घाेषणा

Naban

काठमाडौँ । अनेरास्ववियू क्रान्तिकारीको २३ औं अधिवेशन बिहिबारबाट शुरु भएको छ। किर्तिपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्‌घाटन गरी उक्त अधिवेशन शुरु भएको हाे ।

वर्तमान कार्यसमितिका केन्द्रीय सदस्य नविन शाहीले केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले आज एक अपिल मार्फत उम्मेदवारी घोषणा गरेका हुन् । शाहीले आफ्नो उम्मेदवारी सङ्गठनलाई नीति विधि र थितिमा चलाउनका निम्ति भएको बताएका छन् ।

शाहीले आफ्नाे उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्न गर्ने मात्र नभै उत्तर दिन सक्ने आन्दोलन बनाउनका लागि भएको बताउँदै आएका छन् ।

सन्चारकर्मीहरुसँगकाे कुराकानीमा भनेका छन् मेरो उम्मेदवारी क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई रहरलाग्दो र भरलाग्दो बनाउनका लागि हो ।

राजनीतिक एजेन्डामा रुमल्लिएको विद्यार्थी आन्दोलनको औचित्य समाप्त भयो भनिरहेको सन्दर्भमा यस्को औचित्यता अझै छ भन्ने कुराको पुष्टि गर्ने गरी विद्यार्थीका मुद्दामा फर्काउन र विद्यार्थीको नेता विद्यार्थीलाई नै बनाउनका निम्ति आफ्नो उम्मेद्वारी भएको बताएका छन् ।

सल्यान जिल्ला बागचाैर नगरपालिका वडा नम्बर ८ मा जन्मेका शाही क्रान्तिकारीको नेतृत्वदायी भुमिका निर्वाह गर्दै बानेश्वर बहुमुखी क्याम्पस समिति सचिव, अध्यक्ष, उपत्यका विशेष प्रदेश सदस्यहुँदै अखिल क्रान्तिकारीको २२ औं सम्मेलनबाट केन्द्रीय सदस्यसमेत बनि सकाेका छन् ।

हेर्नुस् अहिले सम्मकाे नेता शाहीकाे राजनीति विद्यार्थी राजनितिको आरोह अबरोह ईतिहास

२०६४ साल कक्षा ६ श्री कालिका माद्यामिक बिध्यालयमा अध्ययन गर्दै गर्दा सल्यान जिल्लाको अनेरास्ववियू (क्रान्तिकारी )को १३औं जिल्ला सम्मेलन १३औं जिल्ला सम्मेलनको प्रतिनिधि र २०६६ साल १४औं जिल्ला सम्मेलन सल्यानको १४औं जिल्ला सम्मेलनको प्रतिनिधि !

२०६९ साल देखि बानेश्वर क्याम्पसको राजनिती शरु गरेका थिए । २०७१ साल बानेश्वर बहुमुखी क्याम्प्सको ५औं इकाई सम्मेलन अखिल(क्रान्तिकारी )को सचिब हुँदै अखिल (क्रान्तिकारी ) १९औं रास्ट्रीय सम्मेलन कृर्तिपुर उदघाटन समारोहमा सहभागी भई स्वंमसेबकको भुमिका ।

२०७२ पुस महिनामा २३औं क्याम्पस जिल्ला सम्मलेन काठमाडौ प्रतिनिधि हुँदै क्याम्पस जिल्ला सदस्य निर्वाचित ।२०७३ जेष्ठ १४ गते क्याम्पसको छैटौं जिल्ला सम्मेलन बाट क्याम्पस समिती अध्यक्ष निर्वाचित।

२०७३फाल्गुन १८गतेको स्वबियु सभापतिको उम्मेदवारको टिकट संगठनको केन्द्रिय समितिले प्रदान गरेको तर अन्तिम समयमा आएर चुनाव रोकिएको थियो !२०७४ साल भाद्रमा भएको एकताको २१औं रास्ट्रीय सम्मेलनमा प्रतिनिधि हुँदै सम्मेलन सम्पन्न! बाम गठबन्धन एकताको कारणले लामो समय सम्म क्याम्पसको अध्यक्ष बने ।करिब ५ बर्ष अध्यक्ष बन्ने समय प्राप्त ! उपत्यका बिशेष प्रदेशको सदस्य २०७८असोज! २०७८ असोजमै भएको एकताको २२औं रास्ट्रीय सम्मेलनमा सम्मेलनको प्रतिनिधि हुँदै सम्मेलन भएको लामो समय पछि २०७९/०३/०५ संगठनको केन्द्रिय समितिको तेस्रो पुर्णा बिस्तारित बैठकबाट केन्द्रीय सदस्यमा मनाेनित !!

अखिल (क्रान्तिकारी)को २३औं राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ। यो सम्मेलनले संगठनको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

दुर्गा प्रसाईलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

Durga prasai pakrau

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर...