दशैंको अग्रिम टिकट १२ गतेदेखि खुल्ने, यात्रुले समेत मापसे गर्न नपाउने !

Ticket newbuspark

काठमाडौं । दसैंका लागि अग्रिम बस टिकट असोज १२ गतेबाट खुल्ने भएको छ । आज यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभाग बीच भएको छलफलमा १२ गतेबाट अग्रिमा टिकट बुकिङ खुल्ला गर्ने सहमती भएको हो ।

दसैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट खोल्ने सहमती भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाल बताए । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले पनि १२ गतेबाट अग्रिम बस टिकट खुल्ला गर्ने निर्णय भएको बताए ।

यता, चाडबाडका अवधिमा हुने सार्वजनिक यात्रालाई व्यवस्थित र सुरक्षित गराउन सबै यात्रुले अनिवार्य टिकट लिनुपर्ने भएको छ । टिकट काउन्टरबाट समेत यात्रुको परिचय खुल्ने विवरण सहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने निर्णय मंगलबारको बैठकले गरेको छ ।

अनधिकृत काउन्टर, परिचय पत्र, पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कामलाई पूर्ण निर्णय गर्ने/गराउने निर्णय समेत गरिएको छ । बैठकले सवारी चालकले यात्रुलाई खाना/खाजा खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था मिलाउनु पर्ने निर्णय समेत गरिएको छ । सार्वजनिक यातायातमा यात्रुले समेत मादक पदार्थ सेवन (मापसे) गरी यात्रा गर्न पाउने छैनन् ।

सो बैठकले घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गर्ने निर्णय पनि गरेको छ । विभागका अनुसार यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरिने छ ।

तर, कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीसाधनको बन्देज भने कायमै रहने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

दुर्गा प्रसाईलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

Durga prasai pakrau

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर...