सहकारी ठगी प्रकरण : छविलाल जोशी पक्राउ, रवि लामिछानेलाई पक्राउ गर्ने तयारी

Rabi chabi

काठमाडौं । सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) समेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशी पक्राउ परेका छन् ।

छविलाल बन्जाडेलाई पक्राउ गरेलगत्तै पूर्वगृहमन्त्री रवि लामिछानेसमेत प्रहरी निगरानीमा परेका छन् । जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र सो रकम रविले समेत हस्ताक्षर गरेर खर्च गरेको भन्दै सहकारी छानबिन विशेष संसदीय समितिले गोर्खा मिडियामा रकम खर्च गरेको हकमा कानूनबमोजिम कारबाहीको सिफारिस गरेको थियो ।

रविलाई पनि आजै पक्राउ गर्नेगरी कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिन प्रहरी खटाइएको थियो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनलाई सम्भावित पक्राउबारे सूचित गरिएको छ । लामिछाने भने पार्टीका नेताहरुसँग आन्तरिक छलफलमा छन् ।

सहकारीको बचत रकम छानबिनका लागि गठित संसदीय विशेष समितिले उक्त खातामा सहकारीबाट धमाधम पैसा आउने गरेको थियो । ‘सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५३८ रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको देखिन्छ,’ प्रतिवेदनको निष्कर्ष खण्डमा लेखिएको छ, ‘जसमध्ये २२ करोड ४६ लाख ३० हजार सहकारी संस्थाबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ भने ४३ करोड ७ लाख ७४ हजार ५३८ सहकारीको रकम अन्य व्यक्ति तथा संस्थाका नामबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ ।’

कास्की प्रहरीको पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोशीलाई शं‍खमूलबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनलाई कास्की प्रहरीमा पठाउने तयारी भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

दुर्गा प्रसाईलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

Durga prasai pakrau

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर...