०८४ पछि एमालेले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री जस्ता सबै पद एमालेले पाओस् : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

Biddhyadebi vandari

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को चुनावबाट नेकपा एमाले निर्णायक शक्ति बन्नुपर्ने बताएकी छन् ।

नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बनी एमालेको तर्फबाट दोस्रो राष्ट्रपति बनाउने प्रयासमा अहिलेदेखि लाग्न जरुरी रहेको उनले उल्लेख गरिन् ।

शनिबार मदन भण्डारी फाउण्डेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ०८४ को चुनावपछि एमालेले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा सभा अध्यक्ष सबै पद पाओस् भन्ने शुभकामना दिएकी छन् । एमालेको सदस्य भएर आफू नेपालको पहिलो महिला राष्ट्रपति भएको भन्दै उनले अब एमालेले अर्को राष्ट्रपति पनि बनाउनुपर्ने बताइन् ।

‘एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति बनोस धेरै शुभकामना छ । यस्तो बनाउनुुस् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउनुस् । मेरो यो मदनभण्डारी फाउण्डेसनको रजत जयन्तीको अवसरमा शुभकामना पनि हो ’, उनले भनिन् ।

‘नेकपा एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरुमा प्रमुख अथिति बन्नुपर्ने भयो । म बाहेक अन्य नेताहरु पनि एमालेबाट सम्माननीय बन्नुभएको छ । पार्टीका कार्यक्रमहरु पार्टीका नेताहरु जानुहुन्छ’, भण्डारीले भनिन्, ‘सामाजिक फोरमहरुमा भने जनताले खोज्ने गरेका छन् । मैले नेकपा एमालेलाई के अनुरोध गर्न खाजेको हो भने छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउनुस् । त्यो भएपछि मैले पालो पाउने भए ।’

उनले जनताको बहुदलीय जनवादको आलोकमा संविधान कार्यान्वयन प्रक्रियामा रहेको बताइन् । उनले जबजको सिद्धान्तलाई मान्नेहरुले लामो समय मुलुकको नेतृत्वमा पुगे पनि भनेजस्तो काम नभएको बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...