तनहुँको ऐनापहरा नजिक मर्स्याङ्दीमा खस्यो बस, बसमा सवार यात्रुहरु भारतीय

Marsyangdima bus accident

तनहुँ । तनहुँको आँबुखैरेनीको ऐनापहरा नजिक मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको एउटा बस खसेको छ । तनहुँका डीएसपी दीपककुमार रायका अनुसार भर्खरै बस खसेको खबर आएको छ ।

पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा प्रहरी गइरहेको छ । प्रारम्भिक जानकारीअनुसार बस भारतीय भएको बुझिएको छ ।

बिहान करिब ११ः३० बजे आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो । बस पानीमा तैरिइरहेको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बसमा भारतीय यात्रुहरू थिए । घटनास्थलबाट स्थानीयहरुले सामाजिक सञ्जालहरुमा गरिरहेको लाइभमा ठूलो पहराबाट खसेको बस मर्स्याङ्दीका किनारमा देखिन्छ । तर नजिकै ठूलो भेल छ । बसको छत क्षतविक्षत छ । विस्तृत विवरण आइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...