अविरल वर्षाले कैलालीका अधिकांश बस्ती डुबानमा, पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

Kailali badhi

काठमाडौं । कैलालीका अधिकांश बस्ती डुबानमा परेका छन् । मंगलवार रातिदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीमा भएको भारी वर्षाका कारण मोहना र यसका सहायक नदीहरुमा पानीको बहाव बढेको छ ।

कैलालीको कान्द्रा नदी र मोहना नदीमा पानीको सतह नाघेपछि अधिकांश बस्ती डुबानमा परेका हुन् । निरन्तर भइरहेको वर्षाका कारण बाढी आइ नदीहरुमा पानीको बहाव सतर्कता तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । नदीहरुमा पानीको बहाव बढेपछि तल्लो तटीय क्षेत्रमा डुबान भइरहने होचा भूभागमा रहेको बस्तीमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

गौरीगंगा नगरपालिका–७, ९ स्थित महदेवा, कम्दा, भगवानपुर, शङ्करपुर र घोडाघोडी नगरपालिका–९ मा केही घर डुबानमा परेको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहोराले प्रायः जसो सबै नदी र खोलामा जल सतह स्तरभन्दा माथि पुगेकाले आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको बताए ।

महाकाली नदीमा पानीको सतह बढ्दै गएपछि आसपासका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ । लगातारको वर्षाका कारण अहिले महाकाली नदीमा जलसतह खतराको तह पार गर्ने तर्फ बढ्दै गएको देखिन्छ । महाशाखाका अुनसार अहिले महाकाली नदीको जलसतह ६.४०६ क्यूसेक छ । यो ७ मा पुग्यो भने खतराको तह पार हुन्छ ।

यता, अविरल वर्षासँगै गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरल वर्षाले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा आज बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिए ।

बाढी पहिरोले बन्द भएका सडक खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीले जानकारी दिए । विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

यी जोखिम ठाउँहरुमा सडकको स्तरउन्नती सम्बन्धि निकायको ध्यान जान नसक्दा कर्णालीका आम नागरिकले दुःख पाउँदै आएका छन् । सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौं जाने सवारीसाधन बिच बाटोमा रोकिँदा सयौँ यात्रुहरू अलपत्रमा परेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...