गाडी दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको मृत्यु, २३ जना घाइते

Chandra sing karki humla

सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा मृत्यु भएको छ ।

सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना भएको थियो । उनको नेपालगञ्जमा उपचारको क्रममा आज बिहान करिब २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ ।

‘दुर्घटनामा परेर उहाँ (उपाध्यक्ष कार्की) गम्भीर घाइते हुनु भएको थियो,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्र विश्वकर्माले भने, ‘नेपालगन्ज मेडिकल कलेज भेरी अस्पतालमा उपचारको क्रममा गएराति पौने २ बजे उहाँको मृत्यु भएको हो ।’ दुर्घटनामा घाइते भएका अन्य २३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको विश्वकर्माले बताए । अरु घाइते सबै खतरामुक्त छन् ।

उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएका थिए । पार्टीमा मुक्ति उपनामले चिनिने उनी कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका श्रीमान पनि हुन् ।

३९ वर्षीय कार्की माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष निर्वाचत भएका थिए। उपाध्यक्ष कार्की कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका पति हुन्। कार्की माओवादी केन्द्रको कर्णाली प्रदेश समिति सचिवालय सदस्य थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...