३५ जना जिल्ला न्यायाधीशका लागि सिफारिस, बागचन्द उच्च अदालतको मुख्य न्यायाधीशमा बढुवा (सुचीसहित)

Nyay parishad

काठमाडौं । न्याय परिषद्ले ३५ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला अदालतका ३५ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

बैठक न्यायपरिषद् अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको थियो । बैठकमा कानुनमन्त्री अजय चौरसिया, सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत र सदस्यद्वय रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सहभागी थिए ।

न्यायपरिषदले उच्च अदालतका न्यायाधीश डा. रत्नबहादुर बागचन्दलाई उच्च अदालतको मुख्य न्यायाधीशमा बढुवा गरेको छ । परिषदको शुक्रबारको बैठकले ३५ जिल्ला न्यायाधीशको नाम पनि सिफारिस गरेको हो ।

न्यायपरिषदले उच्च अदालतको वीरगञ्ज अस्थायी इजलासमा कार्यरत बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा सिफारिस गरेको हो । सिफारिस अनुसार प्रधानन्यायाधीशले उनको नियुक्ती गर्नेछन् । न्याय, सरकारी वकिल र कानुन समूहबाट वरीयता, योग्यता र समावेशिताका आधारमा न्यायाधीश छनोट गरिएको परिषद्का एक सदस्यले जानकारी दिए ।

यस्तै बैठकले २१ जना जिल्ला न्यायाधीशको सरूवा पनि गरेको छ । बैठकले राजस्व न्यायाधिकरण पोखराको कानुन सदस्य एवं अध्यक्ष पदमा न्यायाधीश राजनप्रसाद भट्टराईको सट्टामा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय पनि परिषद्ले गरेको छ ।

न्यायाधीशको सूची :

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...