राष्ट्रपतिद्धारा नयाँ सरकार गठनका लागि ७२ घण्टाको समय

Ramchandra paudel

काठमाडौं । कतिपयले संविधानको धारा ७६ (२) को प्रधानमन्त्रीले विश्वासको मत नपाउँदा स्वतः उपधारा ३ मा जानुपर्ने तर्क गरिरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

उनले संविधानको धारा ७६ ९२० अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिएका हुन् ।

संसद्को दुई ठूला दलबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइरहेको छ । कांग्रेस र एमालेले दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।

राष्ट्रपतिले संयुक्त सरकारका लागि आह्वान गरेपछि संसदका सबैभन्दा ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार गठनका लागि बाटो खुलेको छ। यी दुवै दलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । अन्य साना दललाई पनि मिलाएर राष्ट्रिय सहमतिको सरकार बनाउने र संविधानसमेत संशोधन गर्ने सहमति भएको उनीहरूले भनेका छन् ।

र्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...