पूर्वस्वीकृति नलिई शैक्षिक मेला नगर्न शिक्षा मन्त्रालयको निर्देशन

Ministry of education

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्व स्वीकृति लिएर मात्रै शैक्षिक मेला वा प्रदर्शनीको आयोजना गर्न निर्देशन दिएको छ ।

मन्त्रालयको उच्च शिक्षा महाशाखाको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले सूचना जारी गर्दै पूर्व स्वीकृति नलिई शैक्षिक मेला आयोजना गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ ले स्वदेशी तथा विदेशी संस्थाले शैक्षिक मेला वा प्रद्धर्शनीको आयोजना गर्दा मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

तर, केही संस्था, व्यवसायी र शैक्षिक परामर्शदाता संस्थाहरुले स्वीकृति नलिई शैक्षिक मेला आयोजना गर्ने, अपुष्ट सूचना राखी मेलाको प्रचार गर्ने गरेको गुनासो आएकोले त्यसो नगर्न शाखाले सूचित गरेको हो।

शाखाले सूचनामा मन्त्रालयबाट पूर्व स्वीकृति नलिई कार्यक्रम आयोजना र कार्यक्रम सम्बन्धी कुनै मिडियाबाट प्रचारप्रसार नगर्न/नगराउन अनुरोध गरेको छ ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...