बीमा प्राधिकरणले माग्यो कर्मचारी, कसले आवेदन दिन सक्छन् ?

Bima pradhikaran

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो ।

अधिकृतदेखि कार्यालय सहायकसम्मका लागि आवेदन माग गरिएको छ । कर्मचारी सेवा सर्त विनियमावली २०६८ को विनियम १४ बमोजिम आन्तरिक खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले न्यूनतम् योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने प्राधिकरणले जनाएको छ ।

योग्यता पुगेका उमेदवारहरूले पुस २४ गतेसम्म आवेदन दिनसक्ने छन् । दोब्बर दस्तुर तिरेर माघ २ गतेसम्म आवेदन दिन सकिनेछ । ​

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...