क्रिकेटर सन्दीप लामिछाने आज नेपाल फर्किंदै, प्रहरीसमक्ष आत्मसमर्पण गर्ने

Sandeep lamichhane

काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । उनी कतार एयरवेजको उडानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्न लागेका हुन् ।

लामिछानेले आजै प्रहरीसँग आत्मसमर्पण गर्ने र कानूनी लडाइँ लड्ने सामाजिक सन्जालमार्फत् बताएका छन् । सन्दीपले यसअघि पनि नेपाल फर्कन

लागेको फेसबुकमा लेखेका थिए । उनले आज नेपाल फर्कने स्टाटस लेखेको यो दोस्रोपटक हो ।क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध गत भदौ २१ गते एक युवतीले जबरजस्ती करणीको जाहेरी प्रहरीसमक्ष दिएकी थिइन् । सो उजुरीपछि उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

प्रहरीले पक्राऊ पूर्जी जारी गरेपछि सन्दीप केन्याबाट व्यवसायिक क्रिकेट खेलका लागि वेष्ट इण्डिजतर्फ लागेका थिए ।

‘नेपालको आधिकारिक निकायमा आत्मसमर्पण गर्ने मेरो इमान्दार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु’ सन्दीपले फेसबुकमा लेखेका छन्, ‘मैले प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु । मेरो कानुनी अधिवक्ता सरोजकृष्ण घिमिरेको उपस्थितिका लागि पनि मैले अधिकारीहरूलाई विनम्र अनुरोध गरेको छु ।’

सन्दीपले लेखेका छन्, ‘मलाई थाहा छ म षड्यन्त्र र गलत आरोपको कठिन समयको सामना गरिरहेको छु र यसको प्रभावको असर अकल्पनीय कुरा हो । हाम्रो कानुनी प्रणालीमा निर्दोष साबित भएका अभियुक्तहरूलाई क्षतिपूर्ति दिने कुनै संयन्त्र हुनुपर्छ भन्नेमा म विश्वस्त छु । ममाथि लागेको गलत कारवाही र आरोपका विरुद्ध छिट्टै कानुनी सहयोग खोज्नेछु र न्याय पाउनेमा विश्वस्त छु र छिट्टै क्रिकेट मैदानमा फर्केर मेरो प्यारो देशको नाम र कीर्तिमान बनाउनेछु र छिटोभन्दा छिटो न्यायको कामना गर्दछु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...