आज अपरान्ह चिनियाँ कम्युनिष्ट पार्टीका नेता ली चान्सु जम्बो टोलीसहित नेपाल आउँदै

Li chine

काठमाडौं । नेपालमा आम निर्वाचनको तयारी चलिरहँदा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु सय जनाको जम्बो टोलीसहित आज अपराह्न नेपाल आउँदैछन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र लीको भ्रमणमा सरकारले सुरक्षाको विशेष व्यवस्था मिलाएको छ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा औपचारिक नेपाल भ्रमणका लागि सोमबार नेपाल आउँदै छन् । लीसहितको चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमण आउन लागेको र उनीहरु भदौ २९ गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयको भनाइ छ ।

आसन्न आमनिर्वाचन र चीनमा अर्को महिना हुन लागेको सीपीसीको २० औं जनकंग्रेसका बारेमा पनि दुई पक्षबीच विचार आदानप्रदान हुने बताइएको छ । चीनका राष्ट्रपति सी चिनफिङको २०७६ असोज २५–२६ मा भएको दुईदिने राजकीय भ्रमण गरेयता अध्यक्ष लीको नेपालमा दोस्रो ठूलो उच्च तहको भ्रमण हो ।

चीनका राष्ट्रपति सीले सीपीसीको २० औं जनकंग्रेसअघि लीलाई नेपाल भ्रमणमा पठाएका हुन् । उनी रुस, मंगोलिया हुँदै नेपाल आउने र नेपालबाट दक्षिण कोरिया हुँदै चीन फर्कने कार्यक्रम रहेको चिनियाँ सञ्चार माध्यमले जनाएको छ । मन्त्रीस्तरका ६ नेतासमेत रहेको लीको टोली विशेष विमानमा नेपाल आउन लागेको परराष्ट्रले जनाएको छ ।

सोमबार नै सभामुख सापकोटा र चिनियाँ नेता लीबीच भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । सभामुख सापकोटाले लीको सम्मानमा साँझ रात्रिभोजको आयोजना गर्नेछन् ।

अध्यक्ष लीले सोमबार नै सभामुख अग्निप्रसाद सापकोटासँग नयाँ बानेश्वरस्थित संसद् भवनमा द्विपक्षीय वार्ता गर्नेछन् । उक्त संसद् भवन चीनले नै निर्माण गरिदिएको हो ।

द्विपक्षीय वार्ताका दौरान नेपालको संघीय संसद् र चीनको राष्ट्रिय जनकंग्रेसबीचमा द्विपक्षीय सहकार्य र भ्रमण आदानप्रदानका सम्बन्धमा सम्झौता हुने गृहकार्य भइरहेको संसद् सचिवालयका एक पदाधिकारीले जानकारी दिए ।

अध्यक्ष लीले मंगलबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि अध्यक्ष लीको नयाँ बानेश्वरमै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

मङ्गलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेट गर्नेछन् । बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची रहेको छ ।

नेपाल भ्रमणका क्रममा अध्यक्ष लीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्ड’सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...