एमाले र लोसपाबीच चुनावी तालमेल गर्ने तयारी, चरण चरणमा वार्ता हुँदै

Kp rajendra mahant

काठमाडौं । एक्लै निर्वाचन जितेर सरकारको नेकपा एमालेले अन्ततः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग चुनावी तालमेल गर्ने भएको छ । यसअघि एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गर्ने बताइसकेको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि एमाले र लोसपाका अध्यक्षद्वय केपी शर्मा ओली र महन्थ ठाकुरले एक चरण वार्तासमेत गरिसकेका छन् । सत्ता गठबन्धनमै मिसिने लोसपाको चाहनामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी बाधक बनेपछि एमालेसँग तालमेल गर्ने अन्तिम तयारी भएको हो ।

यसअघि एमालेविरुद्ध महागठबन्धन बनाउने भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोसपालाई पनि पाँच दलीय गठबन्धनमा मिसिन भनेका थिए । त्यहीअनुसार तीन चरण वार्ता पनि भएको थियो ।

तर मधेश प्रदेशका सिटलाई लिएर पाँच दलीय गठबन्धन नै संकटमा परेपछि लोसपाले एमालेसँग निकटता बढाएको हो । देउवाले गठबन्धनमा आउन भने पनि ठोस खाका नदिएपछि अब लोसपाले एमालेसँग सहकार्य गर्न लागेको हो ।

आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि सिट भागबन्डासहित केही दिनमै सम्झौता तयारी भइरहेको लोसपा अध्यक्ष ठाकुर निकट एकजना नेताले बताएका छन् ।

अध्यक्ष ठाकुरनिकट एकजना नेताले पनि दुई दिनअघि ओलीसँग वार्ता भएको पुष्टि गरे । उनका अनुसार दुई अध्यक्षबीच वार्ता भइसकेपछि दुवै दलबाट दुई दुई सदस्यीय समिति बनाएर सम्झौतालाई औपचारिक स्वरुप दिने तयारी भएको छ ।

ओलीसँग ठाकुरले वार्ता गर्नुअघि एमालेका दोस्रो तहका नेताहरु पनि संवादमा जुटेका थिए । लोसपासँग मिलेर अघि बढ्न एमाले दलका उपनेता सुवास नेम्वाङ र नेता गोकुल बास्कोटाले पनि वार्ता गरेका थिए ।

तर एमाले र लोसपाबीच पछिल्लो समय संसदबाट अघि बढेको नागरिकता विधेयकमा मतभेद छ । एमाले यथाअवस्थामा पास गर्ने पक्षमा छैन भने लोसपा पास गरेर जानुपर्ने भनिरहेको छ ।

लोसपा मधेश प्रदेशका ३२ मध्ये १९ सिट आफूहरुले पाउनुपर्ने पक्षमा छ । स्थानीय चुनावमा राम्रो नतिजा ल्याएको एमाले पनि मधेशमा आफ्नो पकड यो चुनावमा बढाउन चाहन्छ ।

२०७४ को चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टीले १० र संघीय समाजवादी पार्टीले ९ सिट जितेका थिए । महतोले ती सिटमा आफूहरुको दाबी रहे पनि केही स्थान छाडेर सम्झौतामा जान सकिने बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...