दसैंलाई ३ हजार खसीबोका र च्यांग्रा

Boka chyangra

काठमाडौं । यो दसैंका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३ हजार खसी बोका र च्यांग्रा ल्याउने भएको छ । घटस्थापना सुरु हुन करिब महिना बाँकी रहँदा खाद्यका साथै साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत दिन गृहकार्य थालेका छन् ।

खाद्यले खसीबोका/च्यांग्रा, चामल, दाललगायत गेडागुडीमा छुट दिने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् । उनले यसपालि ३ हजार खसीबोका र च्यांग्रा ल्याउन लागिएको जानकारी दिइन् । खाद्यले गत वर्ष १९ सय ५५ खसीबोका ल्याएर बिक्री गरेको थियो । करिब एक हजार च्यांग्रा ल्याउने भनिए पनि आयात गर्न सकेन  ।

०७७/७८ मा १५ सय ९ खसीबोका भित्रिएका थिए । दसैंका लागि च्यांग्रा मुस्ताङ र तिब्बतबाट समेत आयात हुने गरेको थियो । कोभिडका कारण सीमा बन्द भएपछि च्यांग्रा आउन नसकेको खाद्यले जनाएको छ ।

खाद्यले बिक्री गर्ने खसीबोकाको संख्या थोरै भए पनि त्यसले बजार हस्तक्षेप गर्न सघाउँछ । खाद्यले मूल्य तोकेपछि व्यापारीले चर्को मूल्य राख्न पाउँदैनन् । यो वर्ष च्यांग्राको खोजी/सम्भावनाबारे खाद्यले मुस्ताङ शाखा कार्यालयलाई पत्राचार गरिसकेको छ ।

खसीबोका विशेषगरी तराईका जिल्लाबाट ल्याइन्छ । खरिद मूल्यमा ढुवानी र प्रशासनिक खर्चसहित जोडेर खुद्रा बिक्री मूल्य तय गरिन्छ । खाद्यले बेच्ने खसीबोका व्यापारीका भन्दा सस्ता हुन्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...