प्रबोध साप्ताकिहको वार्षिक उत्सवमा ५ जना सम्मानित

Prabodh samman

धरान । धरानबाट प्रकाशित हुने प्रबोध साप्ताहिकले साहित्य, पत्रकारिता र समाजसेवामा क्रियाशील रहेका ५ जनालाई सम्मान गरेको छ ।

पत्रिकाको १२ औं वार्षिक उत्सवको अवसर पारेर पत्रिकाका कार्यकारी सम्पादक गणेशकुमारी राईले आमा मतिश्वरा राईको स्मृतिमा स्थापना गरेको मतिश्वरा स्मृति साहित्य पुरस्कारबाट प्रगतिशील साहित्यकार सुमित्रा वाङ्देल चेलीलाई सम्मान गरेको छ ।

त्यसैगरी पत्रिकाका सल्लाहकार गजेन्द्र लम्जेलले आमा पदमकुमारी लम्जेलको स्मृतिमा स्थापना गरेको पदमकुमारी लम्जेल स्मृति लेखन पुरस्कारबाट जनलेखक डिल्ली नेपाली र धरानबाट २०६२ सालदेखि नियमित प्रकाशित दिव्य रोशनी साप्ताहिक पत्रिकाकी सम्पादकप्रकाशक मनिता राई (चाम्लिङ)लाई सम्मान गरेको छ ।

सो पत्रिकाले धरान–१५ मा बसोबास रहेका भोजराज श्रेष्ठले आफ्ना भाइ कवि एवम् पत्रकार बालकृष्ण श्रेष्ठ बाल अंशुका नाममा स्थापना गरेको बाल अंशु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

पत्रिका प्रधान सम्पादक(प्रकाशक जमुना श्रेष्ठले आफ्ना आमा नन्दकुमारी श्रेष्ठ र बुबा बिष्णुकुमार श्रेष्ठका नाममा स्थापना गरेको विष्णु–नन्द स्मुति सिर्जनशील पत्रकारिता पुरस्कार भने अर्काे वर्ष मात्रै वितरण गरिने भएको छ । सो कार्यक्रममा समाजसेवा, भाषा, साहित्यका क्षेत्रमा योगदान पुर्‍याउने गणेशकुमार देवान र मनप्रसाद देवानलाई सम्मान गरिएको थियो ।

पत्रकार चेतनाथ धमलालाई पत्रिकाका सम्पादक लम्जेल सङ्घर्षशीलले बुबाको स्मृतिमा स्थापना गरेको रेशबहादुर लम्जेल स्मृति साहित्यिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । साउन ७ गते रेशबहादुर लम्जेलको तेस्रो स्मृति दिवस पनि हो ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता बराइलीले छापा पत्रकारिता निकै जटिल भएको बताइन् । उनले आर्थिक, सम्पादन र पछिल्लो समय छापा समाचार माध्यमको बजार समस्याले छापा सञ्चार माध्यम सञ्चालन गर्न जटिल अवस्था बनेको समेत बताइन् ।

माओवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रविन दर्नालले प्रबोध साप्ताहिक पत्रिकाले क्रान्तिकारी आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरे । उनले प्रबोध साप्ताहिक राता पत्रकार र रातो पत्रकारिता जन्माउने पूर्वेली धरतीको सञ्चार माध्यम भएको बताए ।

सो अवसरमा पिण्डेश्वर विद्यापीठ घरान १४ का सहप्राध्यापक डा. खेमराज खनाल, आदिवासी किरात महासंघकी केन्द्रिय सदस्य सुस्मिता देवान, नेपाल आदिवासी जनजाति महासंघ धरानका पूर्व अध्यक्ष चित्रराज थापा मगर, मोती संस्मरण समिति धरान उपाध्यक्ष अम्बिका शाक्य, किरात याक्खा छुम्मा धरानका अध्यक्ष हेमराज याक्खा, नेपाल तामाङ घेदुङका धरान अध्यक्ष यम गोले तामाङ, किरात राई यायोक्खा धरान सचिव लक्ष्मी राई, किरात याक्थुङ चुम्ल्ङ धरानका पूर्व सचिव सन्तोष कुरुम्वाङ, इमानुयल कृपा चर्च आमा कमिटी अध्यक्ष अरुना लम्जेल, कवि यामप्रसाद अर्याल, हातेमालो महिला समूहकी सदस्य मेनुका श्रेष्ठ लगायतले नागरिकलाई सुसूचित हुने अधिकारको रक्षा गर्दै अझै सशक्त भुमिका निर्भाहका साथ मोफसलमा वैचारिक रुपमा समेत नागरिकलाई एकीकृत गर्न पत्र पत्रिकाको भुमिका महत्त्वपूर्ण हुने बताए ।

सो कार्यक्रम पत्रिका प्रधान सम्पादकर प्रकाशक जमुना श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रम सम्पादक लम्जेल सङ्घर्षशीलले उद्घोषण र कार्यकारी सम्पादक गणेशकुमारी राईले स्वागत गरेकी थिइन् । प्रगतिशील कवियत्री लता कार्कीले कविता वाचन र जनवादी कलाकार स्लामले जनवादी गीत प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...