दिल्लीमा रहेका प्रचण्डले भने, नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन हुनुपर्छ

Prchanda india

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन, सीमा समस्या र प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनको विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने गर्नुपर्ने बताएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्या समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाइ गर्न नहुने पनि बताए ।

भारत भ्रमणमा रहेका अध्यक्ष दाहालले फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रममा यस्तो बताएका हुन् ।

साथै त्यस अवसरमा उनले नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने पनि स्पष्ट पारेका थिए । अध्यक्ष दाहालले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यामबाट समाधान गर्दै अघि बढ्न सकिने बताए ।

प्रचण्डले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गरेका थिए । उनले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको धारणा राखेका थिए ।

प्रचण्डले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखिनै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यामबाट समाधान गर्न सकिने बताए । नेपाल र भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन लगायतका विषयमा सुझाव दिन दुई देशकै प्रतिनिधिको सहभागितामा प्रवुद्ध व्यक्ति समूह गठन भएको थियो ।

उक्त समूहले तयार पारेको प्रतिवेदन अहिलेसम्म नेपाल र भारत दुबैतर्फको सरकारले बुझेको छैन । पहिले भारतीय प्रधानमन्त्रीले र त्यसपछि नेपालका प्रतिनिधिले बुझ्ने भनिए पनि भारतीय प्रधानमन्त्रीले अहिलेसम्म समय दिएका छैनन् ।

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा अध्यक्ष दाहाल शुक्रबार भारत भ्रमणमा गएका हुन् । यस क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले शनिबार नै भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...