धनकुटा समन्वय समितिमा एमालेको प्यानल नै विजयी
धनकुटा । जिल्ला समन्वय समिति धनकुटामा नेकपा एमालेको प्यानल विजयी भएको छ । सनिवार सम्पन्न निर्वाचनमा प्रमुखमा निरेन तामाङ र उपप्रमुखमा सावित्रा राई सहित सम्पूर्ण पदमा एमालेका उम्मेद्वार निर्वाचित भएक हुन् ।
मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीका अनुसार जिल्ला समन्वय समितिमा एमालेबाट सदस्यहरुमा रविन्द्र न्यौपाने, कमलकुमारी लिम्बू, नेत्रबहादुर भण्डारी, बालकुमारी रुचाल, सिता भण्डारी बराल, इन्दिरा सुब्बा याख्खा र टीकाराम मगर चयन भएका छन् ।
धनकुटाका ७ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्ष गरि १४ जना मतदाता थिए । जसमा प्रमुख तामाङ र उपप्रमुख राईले समान ९ मत प्राप्त गरेका छन् । प्रमुखका निकटतम प्रतिस्पर्दी कांग्रेसका हर्क चेम्जोङले ५ र उपप्रमुख मञ्जु कार्कीले ४ मत मात्र प्राप्त गरेका छन् । पालिका प्रमुख उपप्रमुखमा गठबन्धन दल मध्ये कांग्रेसका ४ र माओवादी केन्द्रका १ जना मतदाता थिए ।
जिल्लाका स्थानीय तह प्रमुख तथा अध्यक्षमा एमालेका ३ र कांग्रेसका ४ जना रहेका छन् । यस्तै, उपप्रमुख तथा उपाध्यक्षमा एमालेका ६ र माओवादी केन्द्रका १ जना रहेका छन् ।
प्रतिकृया दिनुहोस