पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो
काठमाडौं । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।
गएराति ९ बजेतिर चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसेर बाटो दुईतर्फी अवरुद्ध बनेको थियो । पहिरो हटाएर राति १ः३० बजेदेखि बाटो सहज बनाइएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले पहिरो हटाएर राति नै सडकमा आवागमन सहज बनाएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस