उठ्न थाल्यो काठमाडौंको फोहोर, एकै दिन १५३ ट्रक फोहोर बञ्चरेडाँडामा विसर्जन

Fohor uthyo

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह लगायत जनप्रतिनिधिले आज बिहान सहमति गरेसँगै निर्वाध रुपमा बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न थालिएको छ ।

शहीर विकास मन्त्री रामकुमारी झाँक्रीको पहलमा शुक्रबार बिहान काठमाडौं महागनर र ककनी गाउँपालिका तथा धुनवेशी नगरपालिका सम्बन्धित क्षेत्रका जनप्रतिनिधिबीच सहमति भएको थियो ।

महानगरका मेयर साह तथा उपमेयर सुनिता डंगोलले ककनी गाउँपालिका वडा नं। १ र २ का वडाध्यक्षद्वय पदमबहादुर श्रेष्ठ बलामी र तिलकबहादुर लामा तथा धुनवेशी नगरपालिका वडा नंं १ र ३ का वडाध्यक्षद्वय मानबहादुर तामाङ र प्रकाश हमालसँग सहमति गरेका थिए ।

दुवै पक्षबीच सहमति भएसँगै बन्चरेडाँडामा फोहोर विसर्जन गर्न थालिएको महानगरका साइट इन्जिनियर सरकारदीप श्रेष्ठले बताए । शुक्रबार साँझसम्म १५३ ट्रक फोहोर काठमाडौंबाट लगेर बन्चरेडाँडामा विसर्जन गरिएको छ ।

'शुक्रबार १ सय ५३ ट्रक फोहोर व्यवस्थापन भएकाे छ,' साइटका इन्चार्ज ईञ्जिनियर सरकारदीप श्रेष्ठले भने, 'आज सौहार्द वातावरणमा फोहोर व्यवस्थापन भएको छ। स्थानीयबाट कुनै पनि खालको अवरोध वा रोकावट भएन । भोलिदेखि तालिकाबद्ध र पूर्ववत् काम गर्ने वातावरण बनेको छ ।’

लामो समयदेखि विवाद उत्पन्न हुँदा काठमाडौं महागनरबाट फोहोर उठ्न सकेको थिएन । महानगरका विभिन्न स्थानमा जम्मा भएको फोहोर उठाउन केही दिन लाग्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...