कहाँ जान कति लाग्छ ?
एक सातामै फेरि बढ्यो गाडी भाडा, कहाँ कति बढ्यो ? (सुचीसहित)
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । अब प्रदेशहरुले छोटो दुरीको सवारी भाडा बढाउने छन् ।
यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो । ११ जेठमा मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो ।
नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो । इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ । विभागका अनुसार बढेको भाडा ११ जेठबाटै लागू हुने भएको छ ।
इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरै घटबढ भएमा अन्तरप्रदेश यात्रुबाहक र मालबाहक यातायातको भाडा सोअनुसार समायोजन गर्न थालिएको छ । बिहीबार रातिबाट नेपाल आयल निगमले इन्धनको मूल्य ७.८४ प्रतिशतले बढाएको थियो ।
इन्धनको सो मूल्य वृद्धिअनुसार विभागले यात्रुबाहक सवारीसाधनको भाडा २.५ प्रतिशतले वृद्धि गरेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा ३.३ र तराईमा चल्ने मालबाहक सवारीको भाडा ३.७ प्रतिशत बढेको छ ।
प्रतिकृया दिनुहोस