कक्षा १२ को परीक्षा तालिका परिवर्तन

Rashtriya parikshya board

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा फेरबदल गरेको छ ।

बोर्डले आइतबार सूचना प्रकाशित गरी आगामी जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने १२ को वार्षिक परीक्षामा केही परिवर्तन गरेको जनाएको छ ।

सूचनामा कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने उल्लेख छ । यसअघि बोर्डले बिहान ११ देखि अपराह्न २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समय तालिका सार्वजनिक गरेको थियो ।

विभिन्न सरोकारवालाले समय तालिका परिवर्तन गरिदिन अनुरोध गरेपछि समय तालिका परिवर्तन गरिएको बोर्डले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...