विश्व बैंक समूहको यूएसएआईडीबाट १८ अर्ब ऋण लिने सरकारको निर्णय

Gyanendra bdr karki

काठमाडौं । अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (यूएसएआइडी) ले नेपाललाई एमसीसीभन्दा ठूलो अनुदान रकम दिने भएको छ । सो अनुदान सहयोग प्राप्तिका लागि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको हो ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले यूएसएआइडीबाट नेपालका लागि प्राप्त हुने ६५९ मिलियन डलर अर्थात् ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहयोग लिने निर्णय भएको जानकारी दिए ।

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

चैत्र ३० गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता कार्कीले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर अर्थात करिव १८ अर्व बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले सिरहाको कर्जन्हा नगरपालिकालाई प्रशासकीय भवन निर्माण गरी प्रयोग गर्नका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिने तथा मायादेवी गाउँपालिकालाई आधारभूत अस्पताल, गाउँपालिकाको प्रशासकीय भवन लगायतका कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

फुटकोर्ट कर्णाली अर्धजलशाययुक्त जलविद्युत् आयोजनाको लागि कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको करिब २ सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने र मायादेवी गाउँपालिकालाई आधारभुत अस्पताल, गाउँपालिकाको प्रशासकीय भवन लगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए।

त्यस्तै बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडका अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । प्रवक्ता कार्कीले सातामा दुई दिन बिदा दिने प्रस्ताव भने छलफलकै क्रममा रहेको र कुनै निर्णय नभएको जानकारी दिए।

मन्त्रीपरिषद्ले सिरहाको कर्जन्हा नगरपालिका सिरहालाई प्रशासकीय भवन निर्माण गरी प्रयोग गर्नका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...