आज यी ४ प्रदेशहरुमा मेघगर्जनसहित वर्षा हुने

Mausam 13

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ ।

स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आइतवार बिहान प्रदेश १ र गण्डकी प्रदेशमा वर्षा भइरहेको मौसमविद वरुण पौडेलले जानकारी दिए । यस्तै‚ प्रदेश १ मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ ।

दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशको मौसम सामान्यतः सफा रहने जनाइएको छ ।

राति प्रदेश १‚ मधेश‚ गण्डकी र बागमती प्रदेशमा सामान्य बदली रही प्रदेश १ र गण्डकीका पहाडी भू-भागका एक वा दुई हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू-भागमा मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...