नेपाल बारमा एमाले निल, कुन पदमा को विजयी ? (मत परिणामसहित)

Bar nirwachan

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनमा प्रतिपक्षी दल एमाले निकटका कानुन व्यवसायी पराजित भएको छ । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार विजयी हुँदै एमाले बारमा निल हुन पुगेको हो ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि  भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता रहेका थिए । तीमध्ये सातहजार ४२९ मत खसेको थियो । 

अध्यक्ष घिमिरे ४ हजार ४७४ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले २ हजार ९८९ मत ल्याए । गत शनिबार भएको निर्वाचनको अन्तिम मत परिणाम आज आएको हो । कांग्रेस निकट कानून व्यवसायीको नेतृत्वमा एउटा र एमाले निकट कानून व्यवसायीको नेतृत्वमा अर्को गठबन्धन बनेको थियो ।

त्यस्तै महासचिवमा गठबन्धन समर्थित उम्मेदावर अञ्जिता खनाल ३ हजार ६८२ मत ल्याउँदै विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३४५ मत ल्याए ।

उपाध्यक्षमा सुरज खत्री, सुधिर कर्ण, हर्क रावल, बिरेन्द्र केसी, पशुपति भण्डारी, उत्तम आचार्य, तुलाराम गिरी र आशा राई विजयी भएका छन् । कोषाध्यक्षमा भरत रावत विजयी निर्वाचित भएका छन् ।

सदस्यहरुमा बिनिता नेपाली, किरण शाह, नरेश साह, नारायण राई, रुप सारु, सीता पौडेल, मनिका खड्का र सर्मिला थापा निर्वाचित भएका छन् । त्यस्तै अन्य सदस्यमा भरत लकाइ, देवी कोईराला, निर्भय पौडेल, सन्तोष राउत, गुणराज आचार्य र सन्तोष तिवारीले चुनाव जितेका छन् ।

हेर्नुहोस् पूर्ण परिणाम :

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...