सर्लाहीमा गोली प्रहार गरी भारतीय नागरिकको हत्या

Goli prahar

जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा गोली चलेको छ । गोली लागेर एक युवकको मृत्यु भएको छ ।

बुधबार साँझ ७ः४० बजेतिर मलंगवा नगरपालिका–९ कृष्णामति माध्यमिक विद्यालयको कम्पाउन्डको पूर्वी भागमा गोली चल्दा भारतको सितामढी जिल्ला, कन्हौली थाना बिशनपुर आधार पञ्चायतको अन्दाजी ३५ वर्षीय इन्दल महतोको ज्यान गएको प्रहरीले जनाएको छ । मलंगवा बजारबाट पूर्वतर्फ मोटरसाइकलमा जाँदै गरेको महतो माथि गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट गम्भीर घाइते भएका महतोलाई प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनीमाथि भारतीय नागरिकले नै गोली हानेको हो ।

मलंगवा नगरपालिका–९ कृष्णामति माध्यमिक विद्यालयको कम्पाउन्डको पूर्वी भागमा गोली चल्दा भारतको सितामढी जिल्ला, कन्हौली थाना बिशनपुर आधार पञ्चायतको अन्दाजी ३५ वर्षीय इन्दल महतोको ज्यान गएको प्रहरीले जनाएको छ । मलंगवा बजारबाट पूर्वतर्फ मोटरसाइकलमा जाँदै गरेको महतो माथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका महतोलाई प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले मृतकको मोवाइल फेला पारेको छ । जसमा उनको हत्या गर्ने भन्दै धम्कीपूर्ण सन्देशहरु पठाइएका छन् । घटनास्थलबाट बरामद गोलीको खोका हेर्दा पेस्तोलबाट गोली हानेको देखिएको प्रहरी अधिकारीहरु बताउँछन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...