एमाले परिवर्तन विरोधी शक्ति नै हो : नेता खापुङ

Vawani khapung dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य भवानी खापुङले नेकपा एमाले परिवर्तन विरोधी भएको आरोप लगाएका छन् ।

नेकपा (एकीकृत समाजवादी) महालक्ष्मी नगर संगठन कमिटी धनकुटाले आज धनकुटाको जितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा खापुङले परिवर्तन विरोधी भएकौ कारण दुई तिहाईको सरकारलाई सनकको भरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले तहसनहस पारेको बताए ।

उनले एमालेले जनभावना विपरित चलेकाले पनि देश वर्वादीतर्फ गएको बताए । उनले एमालेले पटकपटक जनताको बलबाट प्राप्त भएको उपलब्धीलाई मेटाउन खोजेको आरोप पनि लगाए । ‘ओलीले जनभावनालाई कुल्चिए २२ पटक संसद भंग गरे’ उनले भने, ‘त्यसरी संसद् भंग गर्नुपर्ने कुनै कारण थिएन । तर, ओलीले आफ्नो सनककै भरमा संसद भंग गरेर नेपालका ‘कु’ गर्न खोजे ।’

स्वास्थ्य राज्यमन्त्री समेत रहेका खापुङले भने, ‘एमालेले राप्रपासँग स्थानीय तहको निर्वाचनमा तालमेल गर्न खोज्नु कुनै नौलो कुरा नभएको बताए । नेपालमा गणतन्त्र आउँछ भन्दा बयलगाडामा चढेर अमेरिका पुगिँदैन भन्ने केपी ओेलीले राप्रपा जस्तो प्रतिक्रियावादी शक्तिसँग गठबन्धन गर्नु स्वभाविकै हो ।’

सो भेलामा केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज धर्मराज पौडेलले धनकुटाका सबै पालिकामा गठबन्धनका उम्मेदवार विजयी हुने बताए । उनले एमालेको दम्भका कारण पार्टीभित्र फुट आएको र एमालेको दम्भलाई समाप्त पार्न धनकुटामा मोर्चाबन्दी भएको बताए ।

उनले सबै पालिकाहरुमा गठबन्धन दलहरुका आफ्नो आफ्नो दावी रहे पनि कुन तह कसले लिने भनेर चाडै टुंग्याइने बताए । उनले महालक्ष्मी नगरपालिकामा एमालेबाट निर्विाचित जनप्रतिनिधिहरुले जनताको नाममा ब्रम्हलुट मच्चाएकाले पनि त्यसको प्रतिकार गर्न जरुरी रहेको बताए ।

सो सभामा अर्का केन्द्रिय सदस्य बंगला राई, जिल्ला कमिटी धनकुटामा उपाध्यक्ष जीवन राई, सचिव खगेन्द्र सुवेदी, उपसचिव गोपाल बराइली, युवा संघ नेपालका केन्द्रिय सदस्य मनोज राई, महालक्ष्मी नगर संगठन समितिका अध्यक्ष लालबहादुर महतार लगायतले धनकुटामा एमालेको किल्ला भत्किने पक्कापक्की रहेकाले गठबन्धनको पक्षमा जनलहर बढिरहेको बताए ।

नेकपा एकीकृत समाजवादी धनकुटामा सचिवालय सदस्य जेवी घलेको सभापतित्वमा भएको सो अगुवा कार्यकर्ता भेलाले केशव बुडाथोकीको संयोजकत्वमा युवा संघ नेपालको महालक्ष्मी नगर कमिटी बनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...