कर्मचारीमाथि हातपात गरे गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङले

Dpk manange

पोखरा । कुनै जमानामा गुण्डाको छवी बनाएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले मंगलबार कर्मचारीमाथि हातपात गरेका छन् ।

मंगलबार ५ बजेपछि मन्त्रीको कार्यकक्षमा फाइल लिएर गएका सूचना अधिकारी प्रकाश ओझासँग मन्त्रीको भनाभन भएको थियो । भनाभनकै क्रममा मन्त्री मनाङले धकेल्दै ओझालाई कुटपिट गरेका थिए ।
मन्त्री मनाङेले भने आफूले कुटपिट नगरी सम्झाएको दाबी गरे । ‘मन्त्रालयका गोप्य सूचना बाहिर लिक नगर्नु भनेर राम्रोसँग सम्झाएको मात्रै हो,’ उनले भने, ‘कहाँ–कहाँ के-के लिकेज भएको छ भनेर अब ५ सदस्यीय छानबिन समिति बनाउँदै छु ।’

मन्त्री गुरुङसँग युवा स्वरोजगारसम्बन्धी कार्यविधिमा छलफल हुँदा दुईबीच विवाद भएको थियो । मन्त्रीले हातपात गरेपछि ओझा बुधबार कार्यालय आएनन् । ओझाले अनुदानसम्बन्धी कार्यविधि पारित हुनुअघि नै बाहिर सार्वजनिक गर्ने र आफन्तलाई अनुदान दिने गरेको आरोप उनले लगाए ।

कर्मचारीमाथि हातपात गरे गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङले मन्त्रीका निजी सचिव राजेन्द्र आचार्यले भने घटनाबारे आफूलाई ढिलो गरी थाहा पाएको बताए । ‘म मन्त्रालयका अरु काममा व्यस्त थिएँ,’ उनले भने, ‘मन्त्रीज्यूको कार्यकक्षमा भनाभन भएको भन्ने थाहा पाएँ ।’ ओझाको मोबाइल मंगलबारदेखि नै ‘अफ’ भएकोले थप जानकारी लिन नपाएको उनले बताए ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...