प्रहरी र पालिका प्रमुखकै उपस्थितीको गरियो गाँजाको चर्चा परिचर्चा

Ganja  mela

धनकुटा । गाँजामाथिको प्रतिबन्ध हटाउन माग गर्दै धनकुटाको सहिदभूमि गाउँपालिकामा गाँजा सचेतनासम्बन्धी मेला आयोजना गरिएको छ ।​

कार्यक्रमको उद्घाटन गाँजा वैधानिक अभियानका केन्द्रीय सल्लाहकार राजीव काफ्लेले आइतबार प्रहरी तथा स्थानीय गाउँपालिकाका प्रमुखहरूको उपस्थितिमा गाँजाको बिरुवामा पानी हालेर गरेका थिए ।

धनकुटा, भोजपुर र उदयपुर जिल्लाका अभियन्ताहरूको संयुक्त आयोजनामा सहिदभूमि गाउँपालिका–२ को अखुवाटारमा मेला आयोजना गरिएको हो। मेलामा गाँजा अभियन्ताहरू पुगेर कार्यक्रममा ऐक्यबद्धता जनाउँदै गाँजाखेतीलाई वैधानिकता दिन माग गरेका छन् । मेलामा गाँजाको लोक्ताबाट बनेका झोला, लत्ताकपडा, जुत्ता, मास्क जस्ता सामग्रीको प्रदर्शनी र विक्री स्टल राखिएको थियो ।

हाल संयुक्त राष्ट्रसंघले समेत गाँजामा ९८ प्रतिशतभन्दा बढी औषधीय गुण भएको भन्दै गाँजालाई लागुऔषधबाट हटाएकाले यसलाई नेपालमा पनि वैधानिकता दिनुपर्ने अभियन्ताहरूको माग छ ।

विश्वका २३ भन्दा बढी देशमा उत्पादन हुने गाँजामध्ये नेपालको गाँजा सबैभन्दा राम्रो भएकाले यसको मूल्य भारतमा ८ लाख र यूरोपमा २५ लाखसम्म रहेको बताउँदै गाँजा प्रमुख आयस्रोत हुने दाबी छ । गाँजाखेतीलाई वैधानिकता प्रदान गरिनुपर्ने पक्षमा स्थानीय तहका जनप्रतिनिधि समेत छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...