कांग्रेसको घोषणापत्र तयारी समितिमा केन्द्रीय सदस्यदेखि मेयरसम्म, को–को भए मनोनयन ? (सुचीसहित)

Nc party office kathmandu

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा २७ जना सदस्यहरु मनोनयन गरेको छ ।

कांग्रेस महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा सभापति श्री शेरबहादुर देउवाले २८ जना सदस्यहरु मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका हुन् ।

समितिको सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं आरजु राणा देउवा सहितका केहि केन्द्रीय सदस्य र विभिन्न स्थानीय तहका नगरप्रमुखहरु समेटिएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले गत फागुन ३ गतेको बैठकको निर्णय अनुसार उक्त समिति गठन गरेको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...