संविधान दिवसमा घोषणा गरिए विभुषण राष्ट्रपतिले वैशाखमा प्रदान गर्ने, ९०३ ले पाएका थिए विभुषण

Bidhya

काठमाडौं । संविधान दिवसका अवसरमा ३ असोजमा घोषणा गरिएका विभुषण आगामी १ वैशाखमा प्रदान गरिने भएको छ ।

संविधान दिन९०३ जनालाई विभुषण दिने घोषणा गरिए पनि कोरोना भाइरस महामारीका कारण पदक प्रदान गरिएको थियो । अब १ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् प्रदान गरिने भएको गृह मन्त्रालयले जानकारी दिएको छ । त्यसका लागि १ वैशाख बिहान ९ बजे राष्ट्रपति निवास शितलनिवासमा समारोह हुनेछ ।

घोषित विभुषणमध्ये नेपालरत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, प्रवल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्रीको पदक मात्र प्रदान गरिन लागिएको हो ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...