एमालेले लगाएको भ्रष्टचारको दाग मेटाउन एमालेलाई पराजित गर्न जरुरी : पौडेल
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्नो संगठनात्मक सुढृढिकरण अभियान अन्तर्गत धनकुटाको पाख्रिबासमा नगर स्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ ।
पाख्रिवास नगरपालिकाको तालतलैया क्षेत्रमा पाख्रिबास नगर कमिटीको आयोजनामा भएको आयोजित सो नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा पाख्रिबास नगरपालिकाका १० वटै वडाका अगुवा कार्यकर्ताको सहभागीता रहेको थियो ।
सो भेलामा नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य धर्मराज पौडेलले एमालेको दम्भकारी व्यवहारकै कारण पार्टी विभाजन भएको बताए । उनले एमाले अध्यक्ष केपी ओलीले व्यक्तिवादी सोच र दासता स्वीकारेर बस्नु उपयुक्त नभएको पनि बताए ।
धनकुटा इन्चार्जसमेत रहेका पौडेलले केन्द्रमा ओलीले ल्याएको विचारमा जिल्ला र स्थानीय तहमा ओली भक्तहरुले जस्ताको तस्तै अनुशरण गर्दा ओली समुह बाहेकका शक्तिहरुलाई कम्युनिष्ट हुँ भन्न पनि लाज लाग्ने अवस्था आएको बताए । उनले ओली पथलाई पच्छ्याएर कतै नपुगिने भएकाले एमाले त्याग्न आग्रहसमेत गरे ।
गत स्थानीय तहको निर्वाचनमा सातै तहमा जित हात पारेको दम्भमा एमालेले धनकुटालाई भ्रष्टचारको अखडा बनाएको बताउँदै नेता पौडेलले एमालेले लगाएको भ्रष्टचारको दाग मेटाउन पनि आगामी बैशाख २० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेलाई पराजित गर्न जरुरी रहेको बताए । उनले एमालेलाई पराजित गरी जनताको अधिकार जनतासमक्ष केन्द्रित गर्न धनकुटाका सबै स्थानीय तहमा गठबन्धन बनेको बताए ।
नेकपा (एकीकृत समाजवादी) पाख्रिबास नगर कमिटीका अध्यक्ष सोवित निरौलाको अध्यक्षतामा भएको सो नगर स्तरीय कार्यकर्ता भेलामा जिल्ला कमिटीका उपाध्यक्ष जीवन राई, उपसचिव गोपाल बराइली, पाख्रिबास नगर इन्चार्ज छत्र पाण्डे, जिल्ला कमिटी सदस्य वीरबहादुर न्यौपाने, अनेरास्ववियु धनकुटाकी सचिव कविता कार्की लगायतले सबै पार्टीहरुले इमान्दारपूर्वक लागेर एमालेलाई हराएर पत्तासाप गराउनुपर्नेमा जोड दिए ।
यसैबीच सो भेलामाmपाख्रिबासमा रहेका चिया बगानहरुमा कार्यरत मजदूरहरुलाई शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पठाएका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको थियो ।
प्रतिकृया दिनुहोस