सिन्धुपाल्चोकमा ग्यास पड्किएर ३ जना बालबालिकाको मृत्यु, एक घाइते

Gyas bisfot

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास लिक भएर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङ छिन् । किराना पसलसँगै रहेको खाजा पसलको ग्याँस लिक भएर दुर्घटना भएको बताइएको छ । मृत्यु भएका बालबालिका १० वर्ष, ६ वर्ष र साढे २ बर्षका छन् ।

बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

अर्को कोठामा जलेर घाइते भएका मिनबहादुरलाई उपचारर्थ बलेफी गाउँपालिका खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल लगिएको छ । साढे ६ बजे सुरु भएको आगलागी निभाउन स्थानीय र प्रहरीले तीन घण्टा लगाएर बल्ल निभाएका थिए ।

प्रत्यक्षदर्शी स्थानीय चिनीबहादुर तामाङकाअनुसार ३ दिनदेखि घरभित्र राखिएको ग्यास लिग भएर वरिपरि गन्ध फैलिएपछि स्थानीयले यसबारे बाह्रबिसे नगर ८ का मिनबहादुर तामाङलाई खबर गरेका थिए । घरायसी र अन्य कृषिको काममा व्यस्त मिनबहादुरले लिग भएको ग्यासलाई बन्द गर्न बिर्सिएपछि झनै ग्यास घरभरी फैलिएको थियो । आइतबार बेलुकी साढे ६ बजे खाना बनाउने क्रममा ग्यास बाल्न खोज्दा सिलिन्डर पड्कियो । एक्कासी ‘ड्याम ड्याम ’बम पड्किएजस्तै आवाज सुनेपछि तर्सिएका स्थानीयमा खैलाबैला मच्चिएको थियो ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...