अस्पतालले क्षतिपूर्ति दिने सहमतिपछि आफन्तले शव बुझे

Kailali attariya jhadap

धनगढी । कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोद बोहराको शव आफन्तले बुझेका छन् ।

चिकित्सकको लापरवाहीका कारण बोहराको मृत्यु भएको भन्दै शनिबार बिहान आक्रोशित स्थानीयले पद्मा अस्पतालमा ढुङ्गामुढा प्रहार गरेपछि अस्पताल भवनका सिसा फुटेका छन् । अस्पतालको एम्बुलेन्स र भ्यानमा समेत क्षति पुगेको छ । उनीहरुले अत्तरियामा प्रदर्शन गर्दै सवारीसाधन समेत चल्न दिएका थिएनन् ।

शुक्रबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका बोहराको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको अस्पताल तोडफोड गरेका स्थानीयले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने सहमति भएपछि शनिबार शव बुझेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने, प्रमुख जिल्ला अधिकारीको समन्वयमा घटनाको छानबिन गर्ने र प्रदर्शनको क्रममा घाइते भएकाहरुको उपचार गर्ने सहमतिपछि स्थानीयले विरोधका कार्यक्रम फिर्ता लिएको जानकारी दिए । डीएसपी जोशीका अनुसार आफन्तले शनिबार नै शव बुझेका हुन् ।

सो क्रममा प्रहरीले बल प्रयोग गर्दा दुवै पक्षबीच झडप भएको थियो । झडपका क्रममा पाँच जना प्रहरीसहित ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १९ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...