निर्वाचनमा दलितको प्रतिधित्व सुनिश्चत गर्न दलहरुले जनाए सामुहिक प्रतिवद्धता

Samata news dkt

धनकुटा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुनिश्चित गर्न धनकुटाका राजनीतिक दलहरुले साझा प्रतिवद्धता जनाएका छन् । साथै उनीहरुले आफ्नो राजनीतिक पार्टीमा समेत दलित समुदायको उपस्थितीलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाए ।

समता फाउण्डेसनले धनकुटामा आज आयोजना गरेको स्थानीय तहको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्वको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा धनकुटामा क्रियाशील ५ वटा राजनीतिक दलहरुका नेताहरुले आशन्न स्थानीय तहको निर्वाचनमा दलित समुदायको समावेशी समानुपातिक प्रतिनिधित्व र सहभागीता सुनिश्चित गर्नका लागि विवेकपूर्ण वातावरण सिर्जना गर्ने गराउने उदेश्यले दलहरको तर्फबाट सामुहिक प्रतिवद्धता जनाएका हुन् ।

सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटीका सहसचिव ऋषीराम ढुंगाना, नेकपा एमालेका कार्यलय सचिव नैन विश्वकर्मा, नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राई, जनता समाजवादी पार्टीकी उपाध्यक्ष पार्वती राई र नेकपा एकीकृत समाजवादीका उपसचिव गोपाल बराइलीले सामुहिक प्रतिवद्धता पत्रमा हस्ताक्षर गरे ।

सो कार्यक्रममा समता फाउडेसनका कार्यकारी अध्यक्ष प्रदीप परियार, मुक्ति समाजका केन्द्रिय सदस्यहरु मदन बसेल, भोजबहादुर विश्वकर्मा, नेपाली कांग्रेस धनकुटाका नेता रविन्द्र नेपाली, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विदूर खवास, पत्रकार नारायण राई लगायतले स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्वको सवालमा संविधानमा उल्लेख भएर मात्रै नहुने भएकाले व्यवहारिक कार्यान्वयन हुनपर्नेमा जोड दिए ।

कार्यक्रमको सहजीकरण दलित अभियान्ता उमेश विश्वकर्माले गरेका थिए । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...