एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता

Uml raprapa

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ । दैलेख, कालिकोट र जुम्लाको चुनावी सभामा भाग लिन नेपालगञ्ज पुगेका ओली र राणाबीच भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो । अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा कुराकानी भएकाे राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनको नजिकिँदै जाँदा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेटलाई अर्थपूर्ण ठानिएको छ। राप्रपाका महामन्त्री राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर समेत हुन् ।

एमालेविरुद्ध मोर्चाबन्दी गरेका सत्ता गठबन्धनविरुद्ध एमाले पनि विपक्षीसँग गठबन्धन गरेर चुनावमा जाने मुडमा छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेसँग तालमेल गरेर स्थानीय निर्वाचनमा जाने बताइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...