नेपाल कोरोना नियन्त्रणमा सफल : प्रधानमन्त्री देउवा

Deuba

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको बताएका छन् ।

श्रीलंकामा जारी बंगालको सहयोगका प्रयास बिम्स्टेकको पाँचौं सम्मेलनमा भर्चुअल माध्यमबाट सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण नेपाल सफल भएको बताएका हुन् । उनले दीगो विकास र शान्तिको लागि बिम्स्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड दिएका छन् ।

देउवाले सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपदलाई परास्त पार्न सकिने धारणा बताए। उनले दीगो विकास लक्ष्यलाई पूरा गर्नुपर्ने धारणा राख्दै भर्खरै मात्र अल्पविकसित देशबाट माथि उठेको देश नेपाललाई यो लक्ष्य महत्वपूर्ण भएको बताए ।

बिमस्टेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन् । सम्मेलनको अध्यक्षता श्रीलंकाले गर्नेछ । बिमस्टेकको पछिल्लो सम्मेलन सन २०१८ मा नेपालमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...