धनकुटामा एकीकृत समाजवादीको वडा कमिटी गठन, अध्यक्षमा रोमन चयन
धनकुटा । स्थानीय तहको निर्वाचन आउनै लाग्दा धनकुटामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले वडा कमिटी गठन अभियानलाई तीव्र बनाएको छ । सोहीक्रममा आज धनकुटा नगरपालिकाको वडा नं. ७ मा वडा कमिटी गठन गरेको छ ।
एकीकृत समाजवादी धनकुटा नगर कमिटी अध्यक्ष सुजनभाई जोशीको अध्यक्षतामा भएको सो वडा भेलाले रोमन राईको अध्यक्षतामा ३१ सदस्य वडा कमिटी गठन गरेको हो । सो वडा कमिटीको सचिवमा आदीत्य राई चयन भएका छन् ।
नव गठित वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा (एकीकृत समाजवादी) धनकुटा जिल्ला कमिटी उपसचिव गोपाल बराइलीले पद तथा गोपनीयताको सपथ गराए ।
सो भेलामा उपसचिव बराइली, जिल्ला सचिवालय सदस्य डिभलव राई, निष्चल राई, युवा संघ नेपालका धनकुटा संयोजक मनोज राई लगायतलेर समाजवाद देशको सच्चा कम्युनिष्ट पार्टी नेकपा एसले मात्रै ल्याउन सक्ने भएकाले पार्टीमा आवद्ध हुन आग्रह गरे । उनीहरुले धनकुटाका सबै पालिकाहरुमा गठबन्धनको साझा उम्मेदवारी रहने भएकाले सोही अनुसार लाग्न निर्देशन दिए ।
प्रतिकृया दिनुहोस