आवश्यकता हेरेर स्थानीय निर्वाचनमा तालमेल गर्ने कांग्रेसको निर्णय

Nepali congress central committee meeting

काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा सो निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका हुन् ।​
‘स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहको दलहरुसँग दलहरुसँग तालमेल गर्ने नीतिगत निर्णय भयो । व्यवहारमा कसरी कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा केन्द्रमा, प्रदेशमा र जिल्ला तहमा संयन्त्र बन्छ’ उनले भने ।

उनले भने, ‘पार्टीले गठबन्धनको पक्षमा नीतिगत निर्णय गरेको छ । स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धन हुने छ । त्यसका लागि सम्बन्धित निकायमा संयन्त्र बन्ने छ ।’ त्यसले गठबन्धनलाई व्यवहारिक रुपमा अगाडि बढाइने उनको भनाइ छ ।

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार प्रसार समिति गठन गरेको हो ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ । यस्तै प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।​

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...