त्रिवि सेवा आयोगका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

Akhtiyar bilding

काठमाडौं । उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइरालासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०७४ सालमा भएको लेखा सहायक र पुस्तकालय सहायकको पदको लिखित परीक्षामा गलत मनसाय राखी परीक्षार्थीको उत्तरपुस्तिका केरमेट गरेको, प्राप्ताङ्कमा हेरफेर गरी मेरिट सूची फेरबदल गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

त्रिवि सेवा आयोगको कार्यालयका तत्कालीन प्रमुख परशुराम कोइराला, तत्कालीन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, सह-प्राध्यापकहरू केशव घिमिरे र राजेश्वर न्यौपाने, पुस्तकालय सह–प्रशासक इन्दिरा घिमिरे र प्रा.डा. टेकनाथ ढकालविरुद्ध विशेष अदालतमा मंगलबार मुद्दा दायर गरिएको हो ।

उनीहरुमाथि उप-प्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदको लिखित परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरेको अख्तियारको आरोप छ ।

उनीहरुविरुद्ध तीन महिनादेखि एक बर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...