अस्पताल भवनको ठेक्का सेटिङमा भएको आशंकापछि प्राधिकरण प्रमुखको राजीनामा

Lumbini haspital

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि आह्वान गरिएको टेण्डरमा आर्थिक अनियमितताको शंका उब्जिएपछि प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख अनन्तराम घिमिरेले राजीनामा दिएका छन्।

राजीनामा पत्रमा उनले देशप्रति गद्दार गर्नुभन्दा मान्छे भएर बस्ने उल्लेख गरेका छन्। सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि टेण्डर आह्वान भएको थियो। राजीनामा दिनुअघि उनले टेण्डर प्रक्रिया रद्द गरेका छन्। करिव ६ अर्व रुपैयाँ लागतको यो भवनका लागि खरीद ऐन विपरित टेण्डर आह्वान भएको खुलेपछि आर्थिक अनियमितताको आशंका उव्जिएको हो।

प्राधिकरणका प्रमुख घिमिरेले राजीनामा दिएपछि टेण्डरमा अनियमितता भएको आशंकामा थप बल पुगेको छ। घिमिरेलाई मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष योजनाका साथ प्राधिकरण प्रमुखमा नियुक्त गरेका थिए।

प्रदेश पूर्वाधार विकास प्राधिकरणले भवन निर्माणका लागि टेण्डर आह्वान गर्दा सेटिङ मिलाएर गरेको निर्माण व्यवसायीहरुले आरोप लगाएका थिए। यसका लागि प्राधिकरणले दुईवटा निर्माण व्यवसायी कम्पनी बाहेक अरुले प्रतिष्पर्धा गर्नै नपाउने गरी स्पेसिफिकेशन गरिएको थियो। निर्माण व्यवसायी महासंघले प्राधिकरणले सटिङ गरेर टेण्डर आह्वान गरेको र यसमा ठूलो आर्थिक चलखेल हुन सक्ने आशंका गरेको थियो। यसका विरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा परेको थियो भने अख्तियारमा पनि छानविनका लागि उजुरीहरु परेका थिए।

टेण्डर रद्द गरिएको र राजीनामा दिएकोबारे प्राधिकरण प्रमुख घिमिरे सम्पर्कमा आउन चाहेनन्। प्राधिकरणका प्राविधिक इन्जिनियर गिरिराज पौडेलले करिव पाँच अर्व रुपैयाँ लागतको टेण्डर आह्वान गरेको भएपनि सीमित निर्माण कम्पनी छनोट हुँदा राज्यलाई आर्थिक भार बढी पर्ने भएकोले टेण्डर रद्द गरिएको बताए। सार्वजनिक खरीद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम टेण्डर रद्द गरिएको पौडेलले जानकारी दिए।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...